प्रदेश १ : कोभिड-१९ परीक्षण गरिएका ४६ मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ, १६ जनाको परीक्षण हुँदै
विराटनगर। कोरोना भाइरस संक्रमणको आशंका गरिएका प्रदेश १ का ४६ मध्ये ३० जनाको रिपोर्ट आएको छ।

बाँकी १६ जनाको रिपोर्ट परीक्षणकै क्रममा रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए।

नमूना संकलन गरिएकामा १० जना महिला छन्।

परीक्षण सकिएका ३० वटै नमूनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

हिजो, १८ चैतसम्म झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, तेह्रथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरी परीक्षणको लागि प्रयोगशालामा पठाइएको थियो।

१६ चैतबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै कोभिड-१९ को परीक्षण थालिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्