अझै भेटिएनन् ग्यास सिलिन्डर बोकाएर सडकमै बस्न लगाउने प्रहरी

काठमाडौं। १६ चैत साँझ सामाजिक संजालमा एउटा तस्वीर भाइरल बन्यो।

तस्वीरमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर बोकेका एक व्यक्ति सडकमा थचक्क बसेका देखिन्छन्।

उनी हेलमेट लगाएकै छन् र छेउमा उनको मोटरसाइकल रोकिएको छ।

बीच सडकमा सिलिन्डर बोकेर थचक्क बसेका उनलाई एक महिला प्रहरीले केही भन्दैछिन्।

यो तस्वीरलाई लिएर सामाजिक संजालमा प्रहरीको तीब्र आलोचना भएपछि भोलिपल्टै प्रहरी प्रधान कार्यालयले यसमा छानबिन शुरू गरिएको जानकारी दियो।

प्रहरी प्रधान कार्यालयले ट्वीटर र फेसबुकमार्फत् यो घटनालाई गम्भीरतासाथ लिएको पनि उल्लेख गरेको थियो।

तर, प्रहरीले अहिलेसम्म यो घटना कहाँ भएको थियो र ती प्रहरी को थिइन् भन्ने पहिचान गर्न सकेको छैन।

"हामीले अनेक कोणबाट यसलाई पत्ता लगाउने कोशिस गरिरहेका छौं", प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, "तर अहिलेसमम पत्ता लागिसकेको छैन।"

प्रतिक्रिया दिनुहोस्