युरोपमा कोभिड-१९ बाट ३० हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

सरकारी विवरणका आधारमा समाचार संस्था एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटली र स्पेनमा भएको उल्लेख छ।

कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिन्छ।

इटलीमा मात्र बाह्र हजार ४२८ जनाको ज्यान गएको छ। दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १८९ जना र फ्रान्समा ३ हजार ५२३ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्