काठमाडाैं। सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन्। सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन्।
‘कोभिड–१९’ को जोखिम वर्गका रूपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी भेटघाट रोकिएको र उनीहरूलाई घरभित्रै दूरी कायम गरी बस्न भनिएको कार्यालयले जनाएको छ। कर्मचारी दैनिक घर जाने र आउने गर्दा यहाँ भित्रका ज्येष्ठ नागरिकमा पनि रोग फैलन सक्ने भन्दै कार्यरत धेरै कर्मचारी यहीँ बस्न थालिएको प्रमुख देवी चालिसेले बताइन्।
चैत महिनाको शुरूदेखि नै नेपाली र विदेशी आगन्तुक दुवैलाई भित्र आउन नदिइएको उनकाे भनाइ छ। भनिन्, “उहाँहरू भित्र नै सुरक्षित बसिरहनु भएको छ, बाहिरी भेटघाट गर्नुभएको छैन।”
वृद्धाश्रमभित्र पहिलेदेखि सामाजिक दूरीमा खाटहरू छन्। जाडो भएकाले अघिल्लो महीनासम्म घाम ताप्न परिसरमा निस्कने भए पनि अहिले ज्येष्ठ नागरिक घरभित्रै बस्ने गरेका छन्। कुनै काम परेर बाहिर निस्कँदा पनि सकेसम्म दूरीमै रहन भनिएको प्रमुख चालिसेले बताइन्।
अहिलेसम्म कसैमा पनि रोगको संक्रमण नदेखिए पनि कुनै लक्षण देखिएमा छुट्टै राख्नका लागि तीनवटा बेड रहेको उनले बताइन्। यहाँ रहेका ज्येष्ठ नागरिकलाई कार्यालयले हात धुनका लागि साबुनपानी, ह्याण्ड वास, सेनेटाइजर, मास्कलगायतका सामग्री उपलब्ध गराएको छ।
यो वृद्धाश्रम नेपाल सरकारद्वारा सञ्चालित देशको एक मात्रै वृद्धाश्रम हो। यहाँ २५ जना कर्मचारी कार्यरत रहेकामा हाल १७ जना यहीँ बस्दै आएका छन्।
पहिले यहाँ कार्यरत अधिकांश कर्मचारी राति घर गएर बिहान आउने गरेको प्रमुख चालिसेले बताउँछिन्। सामान्य अवस्थामा रातको समयमा नर्स, सुरक्षाकर्मी र सुसारे एक/एकजना मात्रै रातमा बस्ने गर्दथे।
कुनै पनि काम परेर कर्मचारी घर बाहिर जाँदा पनि आवश्यक सावधानी अपनाउने र आएपछि पनि सरसफाइपछि मात्रै भित्र प्रवेश गरिरहेको चलिसकाे भनाइ छ। दैनिक आउने तरकारी, दूधलगायतका खाद्यन्नलाई पनि सुरक्षित गरेर मात्रै भित्र प्रवेश गराइन्छ। रासस
" /> काठमाडाैं। सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन्। सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन्।‘कोभिड–१९’ को जोखिम वर्गका रूपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी भेटघाट रोकिएको र उनीहरूलाई घरभित्रै दूरी कायम गरी बस्न भनिएको कार्यालयले जनाएको छ। कर्मचारी दैनिक घर जाने र आउने गर्दा यहाँ भित्रका ज्येष्ठ नागरिकमा पनि रोग फैलन सक्ने भन्दै कार्यरत धेरै कर्मचारी यहीँ बस्न थालिएको प्रमुख देवी चालिसेले बताइन्।

">