काठमााडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) जाँच्ने द्रुत परीक्षण किट (र्यापिड टेष्ट किट) बारे आएका भ्रमपूर्ण समाचारको विश्वास नगर्न भनेको छ।
मन्त्रायलयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले आज एक विज्ञप्ति जारी गर्दै १८ चैतमा मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेष्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको बताएका छन्।
उनले सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगको लागि वितरण हुने स्पष्ट पारेका छन्। साथै, सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट भएको उनको दाबी छ।
‘सरकारले ल्याएको र्यापिड टेष्ट किटको गुणस्तर निर्क्योल गरेपछि मात्रै प्रयोग हुन्छ। अनाधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउने बित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो’, विज्ञप्तिमा भनिएको छ।
नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेष्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ्ग गर्ने र शंकास्पदहरूको पीसीआर प्रविधिबाटै जाँच गरी निर्क्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्वतयारी गर्न खोजिएको उनले बताएका छन्।
‘अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत् नै परीक्षण गरिरहेका छन्। बजारमा अवैध ढंगले र्यापिड किट भित्र्याई जनमासलाई भ्रममा पारी परीक्षण गर्न शुरू भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको हो’, डा.कार्कीले भनेका छन्, ‘यो संकटको बेला सबैको साथ सहयोगको आवश्यकता छ। कुनैपनि समाचारलाई पुष्टि गरेर मात्र प्रकाशन/प्रसारण गरिदिन पनि हार्दिक अनुरोध छ।’
" /> काठमााडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) जाँच्ने द्रुत परीक्षण किट (र्यापिड टेष्ट किट) बारे आएका भ्रमपूर्ण समाचारको विश्वास नगर्न भनेको छ।मन्त्रायलयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले आज एक विज्ञप्ति जारी गर्दै १८ चैतमा मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेष्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको बताएका छन्।

">