लकडाउनको अनुगमन ड्रोन क्यामेराबाट पनि गर्दैछ प्रहरी
काठमाडौं। सरकारले ११ चैतदेखि लागू गरेको लकडाउन (बन्दाबन्दी)को अनुगमनमा नेपाल प्रहरीले ड्रोन क्यामेराको पनि प्रयोग गरेको छ।

कोरोना भाइरस संक्रमण (कोभिड-१९) को महामारीका कारण उत्पन्न जोखिम न्यूनीकरण तथा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको हो। त्यसक्रममा सडकमा आवागमनदेखि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कनसमेत आदेश दिइएको छ।

देशव्यापी आवतजावत एवं यातायात सञ्चालनमा समेत रोक लगाइएको अवस्थालाई नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ड्रोनसमेत प्रयोग गरेर अनुगमन गरिरहेको छ।

लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्दै २÷३ घण्टा कोरोना भाइरस संक्रमण (कोभिड-१९) बारे सचेतना कक्षा दिएर छाड्ने गरेको नेपाल प्रहरीले सवारी साधनसमेत नियन्त्रणमा लिएर दिनभरी होल्ड गरेर राख्दै आएको छ।

तर, पनि उपत्यकामा लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको भने छैन। नेपाल प्रहरीले आफ्नो युट्युब च्यानलमा उपत्यका क्षेत्रमा ड्रोनबाट कैद भएको भिडिअसमेत राखेको छ। उक्त भिडियोमा छिटपुट रुपमा केही सवारी साधन चलेको देखिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्