काठमाडौं। कोभिड-१९ को संक्रमणसँग जुधिरहेकी भारतीय गायिका कनिका कपुरको पाँचौं परीक्षण पनि पोजेटिभ आएको छ।
लखनउको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार गराइरहेकी ४१ वर्षीया कनिकाको पाँचौं परीक्षण पनि पोजिटिभ आएको अस्पतालका निर्देशक आर.के धिमालले बताएका छन्।
कोरोना भाइरस संक्रमितको प्रत्येक ४८ घण्टाको फरकमा परीक्षण गरिन्छ। दुईपटक भन्दा बढी परीक्षण नेगेटिभ आएमा मात्र कोरोना निको भएको मानिन्छ। तर, कनिकाको पाँचौंपटक पनि स्वास्थ्यमा अवस्थामा सुधार नआएपछि उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ।
अस्पतालले भने उनको स्थिति स्थिर रहेको जनाउँदै यसमा आत्तिनुपर्ने अवस्था नरहको बताएको छ। कनिका ९ मार्चमा लण्डनबाट भारत फर्किएकी थिइन्।
एअरपोर्टमा थर्मल स्क्रिनिङ गर्दा उनलाई कोभिड-१९ को लक्षण देखिएको थिएन। लण्डनबाट फर्किएपछि उनी लखनउका धेरै पार्टीमा सहभागी भएकी थिइन्।
रुघाखोकी लगेर स्वास्थ्य परीक्षण गराउँदा उनमा कोभिड-१९ पोजिटिभ देखिएको थियो।
" /> काठमाडौं। कोभिड-१९ को संक्रमणसँग जुधिरहेकी भारतीय गायिका कनिका कपुरको पाँचौं परीक्षण पनि पोजेटिभ आएको छ।लखनउको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार गराइरहेकी ४१ वर्षीया कनिकाको पाँचौं परीक्षण पनि पोजिटिभ आएको अस्पतालका निर्देशक आर.के धिमालले बताएका छन्।

">