एकहजार १३३ जनाको नमूना परीक्षण, ९९ जना आइसोलेसनमा
<p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म एक हजार १३३ जनाको काेभिड-१९ नमूना परीक्षण गरिएको जनाएको छ।</p>
<p>नेपालमा काेराेना भाइरसबाट संक्रमित पाँचजना भेटिएका छन्। त्यसबाहेक अन्य संक्रमित नभेटिएकाे मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराए।</p>
<p>उनका अनुसार अहिले देशैभरमा ९९ जनाकाे आइसोलेसनमा राखेर उपचारमा भइरहेकाे छ।</p>
<p>संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र धनगढीको चौथो संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्तिको नमूना परीक्षणका लागि लगिसकिएकाे उनकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्