धनगढीका निजी अस्पताल सञ्चालकले भने- ‘राज्यलाई अस्पताल हस्तान्तरण गर्न तयार छाै‌ं’
कैलाली। धनगढीमा रहेका निजी अस्पताल सञ्चालकहरूले कोभिड-१९को उपचारका लागि राज्यलाई अस्पताल हस्तान्तरण गर्न आफूहरू तयार रहेको बताएका छन्।
विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला सुदूरपश्चिम पनि जोखिममा रहेको बताउँदै निजी अस्पताल सञ्चालकहरूले आवश्यक परे राज्यलाई अस्पताल हस्तान्तरण गर्न तयार रहेको बताएका हुन्।
निजी अस्पताललाई प्रदेश सरकारले विशेष उपचार केन्द्र बनाउन चाहेमा पनि आफूहरू तयार रहेको उनीहरूले बताएका छन्।
प्राइभेट अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष समेत रहेका कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले प्रदेश सरकारलाई आवश्यक परे संकटको बेलासम्म निजी अस्पताल हस्तान्तरण गर्न तयार रहेको बताए। उनले शुरूआतदेखि नै त्यसबारेमा प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय पनि गरिरहेको बताए।
त्यस्तै कैलालीका निजी अस्पतालले कोभिड-१९ को महामारी रहुन्जेल उपचार सेवामा २० प्रतिशत छुट दिने भएका छन्। एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल (अफिन)ले एक विज्ञप्ति जारी गर्दै आजदेखि नै निजी अस्पतालले उक्त छुट दिने निर्णय गरिएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्