कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकका परिवारका सदस्यसहित १३ जनाको नमूना संकलन गरिएको छ।
संक्रमित युवाका परिवारका १० जना सदस्य, दुई जना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टाइनमा रहेका गरी १३ जनाको थ्रोट स्वाब संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ।
१५ चैतदेखि धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका परिवारका सदस्यलाई १८ चैतमा चैतमा घर फिर्ता गरिएकोमा आज फेरि अस्पताल ल्याएर नमूना संकलन गरिएको अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।
उनले संकलन गरिएको नमूना परीक्षणका लागि भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउने तयारी भइरहेको बताए। डाक्टर जोशीले धनगढीमा स्थापना हुने भनिएको प्रयोगशाला तयार हुन केही समय लाग्ने भएकाले नमूना काठमाडौं पठाउन लागिएको हो।
उनले संक्रमितका परिवारका सदस्यसँगै दुई जना स्वास्थ्यकर्मी र भारतबाट आएर धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएका थप एक गरी १३ जनाको परीक्षणका लागि थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने बताए।
यसअघि परिवारका कुनै पनि सदस्यमा कोरोनाको लक्षण नदेखिएको भन्दै नमूना संकलन नगरी उनीहरूलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्नेगरी पठाइएको थियो।
सेती प्रादेशिक अस्पतालबाट २५ जनाको स्वाब पठाइएकोमा २० जनाको रिर्पोट आएको छ। जसमा एक जनाको पोजिटिभ र बाँकी १९ जनाको नेगेटिभ देखिएको आपताले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकका परिवारका सदस्यसहित १३ जनाको नमूना संकलन गरिएको छ।संक्रमित युवाका परिवारका १० जना सदस्य, दुई जना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टाइनमा रहेका गरी १३ जनाको थ्रोट स्वाब संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ।

">