सुर्खेत। कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएकाे तथ्याङ्क निकालेको छ। प्रदेश सरकारको ७ चैतमा बसेको प्रदेश विपद् परिषद्को बैठकले कर्णालीवासीलाई १० दिनभित्र आइपुग्न गरेको आह्वानपश्चात यति संख्यामा विदेशबाट कर्णाली भित्रिएका हुन्।
मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको संख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेकाे जनाएको छ। कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेकाे सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन्। कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने संख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४०० निगरानी कक्ष बनाइएको र हाल त्यसमा १९२ व्यक्तिलाई राखिएको उनले बताए।
यहाँका १० वटै जिल्लागरी ५२५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर, कोरोना भाइरस संक्रमित कोही नभएको उनको भनाइ छ। “अहिले भने प्रदेश सरकारले यहाँका ७९ स्थानीय तह र प्रदेश सरकार गरेर दुई हजार ५२८ क्वारेन्टाइन, ३३९ आइसोलेसन, १७ आइसीयू र सात भेन्टिलेटर स्थापना गरेको छ”, उनले भने।
नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पीपीई, गाउन, आईआर थर्मोमिटर, पञ्जा, ग्लोब्स, सर्जिकल एवं एन-९५ मास्कसमेत यहाँका सबै जिल्लामा पुर्याइसकिएको मन्त्री रावलकाे भनाइ छ। उनका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रित भएपछि प्रदेश सरकारले जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत् स्थानीय तहसँग समन्वय गर्न थालेको छ।
कर्णालीका सबै १० जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आइसोलेसन र जिल्लाको संरचनाको विवरण यकिन गर्न थालिएको र त्यहीअनुरूप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीव्रता दिने प्रदेश सरकारले जनाएको छ। रासस
" /> सुर्खेत। कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएकाे तथ्याङ्क निकालेको छ। प्रदेश सरकारको ७ चैतमा बसेको प्रदेश विपद् परिषद्को बैठकले कर्णालीवासीलाई १० दिनभित्र आइपुग्न गरेको आह्वानपश्चात यति संख्यामा विदेशबाट कर्णाली भित्रिएका हुन्।मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको संख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेकाे जनाएको छ। कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेकाे सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन्। कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने संख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४०० निगरानी कक्ष बनाइएको र हाल त्यसमा १९२ व्यक्तिलाई राखिएको उनले बताए।

">