काठमाडौं। स्थानीय तहसँगको सहकार्यमा मारवाडी सेवा समितिले काठमाडौं महानगरपालिकामा राहत वितरण शुरू गरेको छ।
महानगरका प्रत्येक वडासँगको सहकार्यमा ती सबै वडामा बस्दै आएका मजदुर परिवारलाई समितिले आजदेखि राहत वितरण शुरू गरेको हो।
१८ चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँगको भेटमा समितिले देशभर राहत वितरण गर्ने बताएको थियो।
पहिलो चरणमा उपत्यकाका मजदुरलाई र दोश्रो चरणमा उपत्यकाबाहिर रहेका मजदुरलाई राहत दिने समितिले बताएको छ।
समितिले राहतमा पाँच किलो चामल, दुई/दुई किलो चिउरा र आलु, आधा लिटर तेल, एक/एक किलो नुन र दाल, पाँच प्याकेट चाउचाउ वितरण गर्ने छ।
यस्तै दुई वटा साबुन, १०० ग्रामका तीन प्याकेट मसला र चार वटा मास्क वितरण गर्ने बताइएको छ।
राहत भरिया, घरमा काम गर्ने महिला, दैनिक ज्यालादरीमा काम गर्ने मजदुरको परिवारलाई दिइने समितिले जनाएको छ।
" /> काठमाडौं। स्थानीय तहसँगको सहकार्यमा मारवाडी सेवा समितिले काठमाडौं महानगरपालिकामा राहत वितरण शुरू गरेको छ।महानगरका प्रत्येक वडासँगको सहकार्यमा ती सबै वडामा बस्दै आएका मजदुर परिवारलाई समितिले आजदेखि राहत वितरण शुरू गरेको हो।

">