काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेमा त्यस्तो रकम करयोग्य आम्दानीबाट घटाउन मिल्ने सुविधा दिएको छ।

१६ चैतमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त कोषमा योगदान गर्ने व्यक्तिलाई आम्दानी गणना गर्दा खर्च कट्टी गर्ने सुविधा दिने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारमा खर्च गर्नको लागि संघीय सरकारले ५० करोडको कोष स्थापना गरेको छ। उक्त कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

मन्त्रिपरिषदको निर्णयमा, ‘कुनै व्यक्तिले आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने’, भनिएको छ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम उपलब्ध गराउँदा त्यसलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गरेको मानिने व्यवस्था गरेको छ। राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले अहिले मानवीय सहायता आवश्यक भएकोले सीएसआरको पैसा सरकारी कोषमा जम्मा गर्ने सुविधा दिएको बताए।

बैंक तथा वित्तीय संस्थाले सबै प्रदेशमा १० प्रतिशतका दरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् खर्च गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले तोकेको छ। कोरोना भाइरस नियन्त्रण उपचार कोषमा रकम जम्मा गर्दा पनि एउटा कोषमा मात्रै जम्मा गर्न नपाइने सिवाकोटीले बताए। संघीय, प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोषमा सबै प्रदेशमा १० प्रतिशतका दरले पर्ने गरी खर्च गरिएको हुनुपर्ने उनले बताए।

" /> काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेमा त्यस्तो रकम करयोग्य आम्दानीबाट घटाउन मिल्ने सुविधा दिएको छ।

१६ चैतमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त कोषमा योगदान गर्ने व्यक्तिलाई आम्दानी गणना गर्दा खर्च कट्टी गर्ने सुविधा दिने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारमा खर्च गर्नको लागि संघीय सरकारले ५० करोडको कोष स्थापना गरेको छ। उक्त कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

मन्त्रिपरिषदको निर्णयमा, ‘कुनै व्यक्तिले आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने’, भनिएको छ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम उपलब्ध गराउँदा त्यसलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गरेको मानिने व्यवस्था गरेको छ। राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले अहिले मानवीय सहायता आवश्यक भएकोले सीएसआरको पैसा सरकारी कोषमा जम्मा गर्ने सुविधा दिएको बताए।

बैंक तथा वित्तीय संस्थाले सबै प्रदेशमा १० प्रतिशतका दरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् खर्च गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले तोकेको छ। कोरोना भाइरस नियन्त्रण उपचार कोषमा रकम जम्मा गर्दा पनि एउटा कोषमा मात्रै जम्मा गर्न नपाइने सिवाकोटीले बताए। संघीय, प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोषमा सबै प्रदेशमा १० प्रतिशतका दरले पर्ने गरी खर्च गरिएको हुनुपर्ने उनले बताए।

"> कोभिड-१९ रोकथाम कोषमा जम्मा गरेको रकम करयोग्य आम्दानीमा घटाउन पाइने: Dekhapadhi
कोभिड-१९ रोकथाम कोषमा जम्मा गरेको रकम करयोग्य आम्दानीमा घटाउन पाइने
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेमा त्यस्तो रकम करयोग्य आम्दानीबाट घटाउन मिल्ने सुविधा दिएको छ।

१६ चैतमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त कोषमा योगदान गर्ने व्यक्तिलाई आम्दानी गणना गर्दा खर्च कट्टी गर्ने सुविधा दिने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारमा खर्च गर्नको लागि संघीय सरकारले ५० करोडको कोष स्थापना गरेको छ। उक्त कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

मन्त्रिपरिषदको निर्णयमा, ‘कुनै व्यक्तिले आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने’, भनिएको छ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम उपलब्ध गराउँदा त्यसलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गरेको मानिने व्यवस्था गरेको छ। राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले अहिले मानवीय सहायता आवश्यक भएकोले सीएसआरको पैसा सरकारी कोषमा जम्मा गर्ने सुविधा दिएको बताए।

बैंक तथा वित्तीय संस्थाले सबै प्रदेशमा १० प्रतिशतका दरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् खर्च गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले तोकेको छ। कोरोना भाइरस नियन्त्रण उपचार कोषमा रकम जम्मा गर्दा पनि एउटा कोषमा मात्रै जम्मा गर्न नपाइने सिवाकोटीले बताए। संघीय, प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोषमा सबै प्रदेशमा १० प्रतिशतका दरले पर्ने गरी खर्च गरिएको हुनुपर्ने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्