इन्टरनेट व्यवसायी भन्छन्- ‘सेवाग्राहीलाई २५ प्रतिशत छुट दिन सकिँदैन’

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाग्राहीलाई इन्टरनेट महशुलमा २५ प्रतिशत छुट दिन नसक्ने बताएका छन्।

१६ चैत बसेको मन्त्रिपरिषद्को बैठकले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग आफ्ना सेवाग्राहीलाई २५ प्रतिशत महशुल छुट दिन अनुरोध गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकलाई छुट दिन निर्देशन दिए पनि सेवा प्रदायकले अस्वीकार गरेका हुन्।

लकडाउनको कारण आफैं समस्यामा रहेको बताउँदै इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले छुट दिन नसक्ने जनाएकाे हाे।

आइस्पानका अध्यक्ष भोजराज भट्टका अनुसार सरकारले इन्टरनेट व्यवसायीलाई राहत दिए मात्र ग्राहकलाई छुट दिने निर्णय भएको छ।

लकडाउनको समयमा ब्याण्डविथको खपत बढेको अवस्थामा सरकारले कर छुट दिए मात्र ग्राहकलाई छुट दिन सक्ने आइस्पानले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्