२५० यात्रु लिएर अस्ट्रेलिया गयो नेपाल एअरलाइन्सको जहाज
काठमाडौं।  २५० जना अस्ट्रेलियन नागरिक लिएर नेपाल एअरलाइन्सको जहाज अस्ट्रेलियाको व्रिसबेन प्रस्थान गरेको छ। नेपालस्थित अस्ट्रेलियन दूतावासले नेपालमा रहेको आफ्ना नागरिकहरू लैजानको लागि जहाज चार्टर्ड गरेको हो।

नेपाल एअरलाइन्सको वाइडबडी नाइन–एन एएलजेड जहाज आज साँझ ५ः३० बजे अस्ट्रेलिया तर्फ गएको हो।

उक्त जहाज मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट भएर अस्ट्रेलियाको व्रिसबेन पुग्ने नेपाल वायुसेवा निगममा अपरेशन म्यानेजर दिपु जुहार्चनले देखापढीलाई बताए।

नेपालबाट सिधैं अस्ट्रेलियाको उडानमा लामो दूरी भएको र यात्रु पनि भरिभराउ भएकाले क्वालालम्पुरमा जहाज अवतरण गर्नेछ। त्यहाँ इन्धन भरेर उक्त जहाज ब्रिसबेनको लागि उड्ने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पुग्न चार घण्टा चालिस मिनेटको उडान समय लाग्छ। त्यहाँबाट अस्ट्रेलियाको व्रिसबेन पुग्न आठ घन्टाको निरन्तर उडान चाहिन्छ।

करीब चौविस घण्टाकाे निरन्तर उडान पछि नेपाल वायुसेवाको बाइड बडी ३३० नेपाल आइपुग्नेछ।

नेपाल एअरलाइन्सको जहाज यति लामो समयको उडान दूरीमा गएको यो पहिलो पटक हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्