काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड १९ फैलिन नदिन सरकारले आठ दिनयता देश लकडाउन गरेको छ। अत्यावश्यक कामबेगर घरबाट बाहिर निस्कन नपाइने आदेश लागू भएको छ।

सरकारले लकडाउन घोषणा गरेलगत्तै खाद्यान्‍न पसल, औषधि पसल, अस्पताल सञ्चारलगायत अत्यावश्यक सेवाका क्षेत्रबाहेक अरू सबै क्षेत्र बन्द गरिए।

सरकारले नागरिकको दैनन्दिनलाई ध्यानमा राखेर अत्यावश्यक सेवाका क्षेत्र खुला रहने व्यवस्था गरेको छ। त्यहीकारण लकडाउनपछि बन्द नभएकामध्यको एउटा क्षेत्र हो, तरकारी बजार। अहिले त्यही क्षेत्र कोरोना भाइरस संक्रमणका हिसाबले सबभन्दा ठूलो जोखिममा देखिएको छ।

लकडाउनको समयमा धेरैजसो मानिस दिउँसो घरमै बस्ने र बेलुकीको समयमा किनमेलका लागि बाहिर निस्कने गर्छन्। तरकारी बजार त्यो किनमेलको प्रमुख गन्तव्य हुने गर्छ। र, काठमाडौंका धेरैजसो मानिस बेलुकीकै समय तरकारी बजार पुग्छन्।

भोलिपल्ट सम्मलाई पुग्नेगरी किनमेल गर्नेहरू एकै समयमा आइपुग्दा तरकारी बजारमा ठूलो भीड जम्मा हुन्छ।

सरकारले अनौपचारिकरूपमा बिहान र बेलुकीको समय किनमेलका लागि छुट्याइदिएको छ। त्यही समयमा पनि धेरैजसो व्यक्ति एकै समय तरकारी बजार पुग्छन्। अनि त्यहाँ ठूलो भीड जम्मा हुन पुग्छ। तरकारीबजारको भीड देख्दा लाग्छ, त्यहाँ हाटबजार चलेको छ। कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि निश्चित दूरी कायम गर्न लकडाउन गरिए पनि तरकारी बजारमा कोहीबीचमा कुनै दूरी देखिँदैन।

थोक र खुद्रा दुवैखाले तरकारी बजारमा भीडभाड उस्तै देखिन्छ। यसबाट तरकारी बजारमा पुग्ने मात्र होइन, तरकारी बिक्री गर्नेदेखि तिनका परिवारको स्वास्थ्यमा समेत जोखिम बढेको छ।

त्रसित छन् तरकारी व्यापारी

कालीमाटी तरकारी बजारका व्यापारी भगवान कोइरालाले कुनै एकजना संक्रमित व्यक्ति तरकारी किन्न बजारमा आए हजारौं व्यक्ति संक्रमित हुन सक्ने जोखिम रहेको बताए।

“तरकारी किन्न आउँदा कोही पनि एक्लै आउँदैनन्। हरेकले साथी लिएर आउँछन्”, उनले भने, “उनीहरू सबै एकै ठाउँ झुम्मिँदा त्राहिमाम भएर बस्नुपर्छ।”

ग्राहकहरू आइसकेपछि तरकारी छान्न थाल्छन्। हरेकले खाली हात तरकारी समाउँदै र छाड्दै गर्छन्। त्यसरी कोही एकजनामा कोरोना भाइरसको संक्रमण रहेछ भने त्यसबाट सयौं व्यक्ति संक्रमित हुन सक्ने त्रास उनले सुनाए। उनले भने, “डरमर्दो भएपछि मैले त तरकारी पसल नै बन्द गरिदिएँ।”

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा अचाक्ली भीडभाड भइरहेको बताए।

श्रेष्ठका अनुसार कालीमाटी तरकारी बजार दिनमा दुईपटक खुल्छ। बिहान होलसेल बजार खुल्छ भने बेलुकी खुद्रा व्यापारका लागि बजार खुल्छ।

थोरै परिमाणमा तरकारी किन्न आउनेहरू पनि तीन-चारजनाको समूह बनाएर आउने गरेको र त्यसले गर्दा साँझको समयमा कालीमाटीमा करीब १० हजार मानिस आउने गरेको दाबी उनले गरे। करीब ४५ रोपनी क्षेत्रफलमा रहेको कालीमाटी बजारका लागि यो धान्न नसकिने संख्या हो।

बागबजारमा तरकारी पसल सञ्चालन गर्दै आएका दोलखाका जितेन्द्र थापाले पनि साँझको समयमा धेरै मानिस जम्मा हुने गर्दा डर लागेको बताए। उनले भने, “कुनै एक संक्रमित व्यक्ति बजार आएको रहेछ भने यहाँ आउने जति सबैलाई एकैपटक संक्रमण फैलिने डर छ।”

बागबजारस्थित टुकुचा तरकारी बजारमा बेलुकीपख तीन हजारभन्दा धेरै व्यक्ति जम्मा हुने गरेको इच्छुमति तरकारी बजार विकास समितिले जनाएको छ। यो तरकारी बजार करीब चार रोपनी क्षेत्रफलमा फैलिएको छ।

दिनभर बन्द रहने टुकुचा तरकारी बजार अपराह्न ४ बजेदेखि खुले पनि ५ देखि ७ बजेसम्म अचाक्ली भीड जम्मा हुने गरेको छ।

छैन सुरक्षाको उपाय

तरकारी किन्न आउने प्रायः ग्राहकले संक्रमणको यति ठूलो जोखिमका बीच पनि सुरक्षाको उपाय अपनाएको देखिन्न ।

साँझको समयमा किनमेलमा निस्कने ग्राहकरूले हातमा पञ्जा मुखमा मास्कसमेत लगाएका हुन्‍नन्। केहीले मास्क लगाए पनि पञ्जा लगाएका बिरलै भेटिन्छन्।

किनमेलका लागि दूरी कायम गर्न व्यापारीले सेतो घेरा बनाएका छन्। तर, त्यो घेरामा कोही बस्दैनन्। बरू त्यो घेराभन्दा बाहिर हुल बाँधेर बस्छन्।

उपत्यकाका तरकारी बजारलाई व्यवस्थितरूपमा चलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेसम्म कुनै योजना बनाएको छैन।

पटक-पटक बैठक बस्दासमेत मन्त्रालयले कुन मोडलबाट तरकारी बजारलाई सञ्चालन गर्ने र कसरी व्यवस्थित बनाउने भन्नेमा निर्णय गर्न सकेको छैन।

यही विषयमा निर्णय गर्न १७ चैतमा बसेको बैठक पनि अनिर्णित भएर टुंगियो।

अनौपचारिकरूपमा बिहान र बेलुकाको समयमा किनमेल गर्न भने पनि हालसम्म मन्त्रालयले औपचारिकरूपमा भने किनमेलका लागि समय छुट्याएको छैन।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले मन्त्रालय तरकारी बजार सञ्चालन गर्ने र किनमेल गर्ने समय तोक्ने तयारीमा रहेको बताइन्।

तर, त्यसरी समय तोक्दा एकैपटक भीडभाड हुने सम्भावनामा समेत मन्त्रालय सचेत रहेको उनको भनाइ छ।

नोटबाटै हुन्छ कारोबार

काठमाडौं उपत्यकामा रहेका सबै तरकारी बजारमा विद्युतीय भुक्तानीको प्रविधि छैन। कतिपय व्यापारी त विद्युतीय भुक्तानी प्रणालीबारे नै अनभिज्ञ छन्।

यसका साथै, किनमेलका लागि जाने ग्राहकमध्ये कतिलाई विद्युतीय भुक्तानीको प्रविधिबारे जानकारी छैन त कतिलाई जानकारी भए पनि प्रयोग गरेका छैनन्।

कसैले प्रयोग गरिरहेका रहेछन् भने पनि बजारमा त्यो सेवा उपलब्ध छैन। यस्तो अवस्थामा तरकारी बजारमा पुगेर तरकारी किन्ने सबैले नोटबाटै कारोबार गर्छन्।

संक्रमणबाट जोगिन विद्युतीय भुक्तानीमा जोड दिइएको छ। तर, तरकारी बजारमा यसको गुञ्जायस छैन।

" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड १९ फैलिन नदिन सरकारले आठ दिनयता देश लकडाउन गरेको छ। अत्यावश्यक कामबेगर घरबाट बाहिर निस्कन नपाइने आदेश लागू भएको छ।

"> संक्रमण पर्खेर बसेका छन् काठमाडौंका तरकारी बजार (भिडिओसहित): Dekhapadhi
संक्रमण पर्खेर बसेका छन् काठमाडौंका तरकारी बजार (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्