काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष दाहालले भेट गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज दिउँसो चार बजेदेखि साँझ साढे पाँच बजेसम्म छलफल भएको दाहालको सचिवालयले जनाएको छ।
उनीहरूबीच चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरण र औषधिका विषयमा आएका समाचार र टिप्पणीका विषयमा गम्भीर छलफल भएको छ।
दार्चुलालगायत भारतीय सीमामा रहेका नेपालीहरूको समस्या समाधान र लकडाउनको बेला गरीब, किसान, मजदुर र विपन्न वर्गलाई राहत तथा व्यवस्थापनका विषयमा पनि कुराकानी भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्।
आजै स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरिसकेको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ।नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष दाहालले भेट गरेका हुन्।

">