विराटनगर। कोरोना भाइरस संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको कोभिड-१९ जनसुरक्षा कोषमा ११ करोड ९४ हजार रूपैयाँ संकलन भएको छ।
कोषमा प्रदेश सरकारले १० करोड रूपैयाँ जम्मा गरेको छ। सामाजिक संघ संस्था, बैंक, वित्तीय संस्था र व्यक्तिहरूले त्यसमा एक करोड ९४ हजार रूपैयाँ जम्मा गरेका छन्।
कोषमा मन्त्रिपरिषद्का सदस्यहरू र राज्यमन्त्रीहरूले एक महीनाको पारिश्रमिक जम्मा गरेका छन्।
त्यस्तै, प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेश सभा सदस्यले २२ लाख ३० हजार, राउत कन्ट्रक्सन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रूपैयाँ जम्मा गरेका छन्।
सिद्धार्थ बैंकले १० लाख, सिटीजन्स् बैंक इन्टरनेसनलले सात लाख, कृषि विकास बैंक लिमिटेडले पाँच लाख, नेपाल बैंक लिमिटेडले पाँच लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले पाँच लाख रूपैया जम्मा गरेका छन्।
एसआईडी बी एलबाट दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरूबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रूपैया कोषमा जम्मा भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
" /> विराटनगर। कोरोना भाइरस संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको कोभिड-१९ जनसुरक्षा कोषमा ११ करोड ९४ हजार रूपैयाँ संकलन भएको छ।कोषमा प्रदेश सरकारले १० करोड रूपैयाँ जम्मा गरेको छ। सामाजिक संघ संस्था, बैंक, वित्तीय संस्था र व्यक्तिहरूले त्यसमा एक करोड ९४ हजार रूपैयाँ जम्मा गरेका छन्।

">