फेसबुक पेजमार्फत् आजदेखि एपलाई गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जानकारी गराएका छन्।
यो एप व्यक्ति आफैँले सम्भावित लक्षणहरू छ भने इन्ट्री गरेर आफूलाई कोभिड-१९ को जाँच गर्न आवश्यक छ कि छैन भन्ने स्व: मूल्यांकन गराउन सक्ने गरी विकास गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हिजो, १९ चैतमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा एपको सहायताले दुई हजार ३०० जनाले आफूमा भएको लक्षण इन्ट्री गरेकोमा कोरोना भाइरस संक्रमणको सम्भावना देखिएका १२ जनाको नमूना परीक्षण गर्न लागिएको जानकारी गराएका थिए।
"एपलाई नमूना परीक्षणको दायरा फराकिलो गर्न प्रयोगमा ल्याइएको हो। यसले 'कन्ट्याक्ट ट्रेसिङ' मा पनि सजिलो भएको छ", देवकोटाले भने।
१६ चैतबाट शुरू गरिएको एप तत्कालकाे लागि वेब पोर्टल covid19.mohp.gov.np बाट मात्र डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको थियो।
कोरोना भाइरस संक्रमणको रोकथामको जोखिम घटाउन यो एप सहयोगी हुने मन्त्रालयले जनाएको छ।
पढ्नुहोस्:
घरमै बसेर मोबाइल एपको सहायताले आफूमा कोभिड-१९ छ/छैन थाहा पाउनुहोस्
" /> फेसबुक पेजमार्फत् आजदेखि एपलाई गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जानकारी गराएका छन्।यो एप व्यक्ति आफैँले सम्भावित लक्षणहरू छ भने इन्ट्री गरेर आफूलाई कोभिड-१९ को जाँच गर्न आवश्यक छ कि छैन भन्ने स्व: मूल्यांकन गराउन सक्ने गरी विकास गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

">