विश्वभर कोभिड-१९ का बिरामी १० लाख पुग्ने प्रक्षेपण

वासिङ्टन। विश्‍व स्वास्थ्य संगठनले संसारभर कोभिड-१९ का बिरामी छिट्टै १० लाख पुग्‍ने प्रक्षेपण गरेको छ। अहिलेकै दरमा संक्रमित बढिरहे मृतक संख्या ५० हजार पुगने चेतावनी पनि संगठनले दिएको छ।

‘कोभिड-१९ का बिरामीको बढ्दो संख्या चिन्‍ताको विषय बनेको छ,’ संगठनका निर्देशक ट्रेडस एडहनमले भने, ‘बिरामी बढ्दै जाँदा सातादिनयता मृत्युदर दोब्बर बनेको छ।’

जोन हकिन्‍स विश्‍वविद्यालयका अनुसार हालसम्म संसारभर कोभिड-१९ बाट ४२ हजार ७५ जनाको मृत्यु भइसकेको छ। विश्‍व स्वास्थ्य संगठनले भने उक्त संख्या ४० हजार सात सय ७७ रहेको बताएको छ।

यस महामारीविरुद्ध लड्न र आफ्नो अर्थ व्यवस्थालाई बचाउन विकासोन्‍मुख मुलुकहरू सफल रहुन् भन्‍ने उद्देश्‍यले त्यस्ता देशको ऋण मिनाहा गर्नुपर्ने विश्‍व स्वास्थ्य संगठन, विश्‍व बैंक र अन्‍तर्राष्‍ट्रिय मुद्रा कोषले बताएका छन् ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्