दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण विम्बल्डन टेनिस प्रतियोगिता दोस्रो विश्वयुद्धपछि पहिलो पटक स्थगित भएको छ।

प्रतियोगिता २०२० को जुन २९ देखी १२ जुलाईसम्म हुने तय थियो। घाँसे कोर्टमा खेलिने विम्बल्डन स्थगित भएसँगै कम्तिमा जुलाई १३ सम्मका लागि विश्वभर कुनै पनि व्यवसायिक टेनिस प्रतियोगिता नुहने भएको छ।

युरोपियन च्याम्पियनसिप २०२०, टोकियो ओलम्पिक, कोपा अमेरिका, फुटबल र क्रिकेटको प्रतियोगिता स्थगित भएपछि कोभिड–१९ का कारण टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता पनि स्थगित भएको हो।

‘‘हामीले हलुका ढंगमा यो निर्णय गरेका होइनौं। विम्बल्डनलाई उत्कृष्ट टेनिस प्रतियोगिता बनाउन माहोल सिर्जना गर्नहुने सबैको स्थास्थ्यलाई ध्यानमा राखेर यो निर्णयमा पुगेका छौं,’’ अल इङ्ल्यान्ड लन टेनिस क्लबका प्रमुख इयान हेविटले भने, ‘‘यसअघि विश्वयुद्धमा मात्र यो प्रतियोगिता स्थगित भएको थियो। हामीलाई विश्वास छ की यस विषम परिस्थितीमा सही निर्णय लिएका छौं। र हाम्रो स्रोत साधनलाई समाजको हितमा कसरी प्रयोग गर्ने भन्नेबारै सोचिरहेका छौं।’’

रोजर फेडेरर र सेरेना विलियम्स जस्ता खेलाडीले प्रतियोगिता नहुने घोषणाले आफूहरू आश्चर्यचकित तथा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। पछिल्लो संस्करणमा सर्वियाका नोभाक जोकोभिचले पुरूष तथा  रोमानियाकी सिमोना हालेपले महिलातर्फको उपाधि जितेका थिए।

आयोजक क्लबले प्रतियोगिताको स्थगन गर्ने निर्णय निकै गाह्रो भएको र यसमा उत्तिकै दुख र पीडा रहेको बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्