चट्याङ लागेर धादिङ र रुकुमपश्चिममा २ को मृत्यु, १० जना घाइते
धादिङ। उत्तरी धादिङको खनियाबास गाउँपालिका-२ गोरगङमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घइते भएका छन्।

मृत्यु हुनेमा ४० वर्षीय रामसिंह तामाङ रहेका छन्।

घर अगाडि कुखुराको खोर बनाइरहेका बेला हिजो परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

चट्याङबाट खनियाबास गाउँपालिका-२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन्।

त्यस्तै रुकुमपश्चिममा पनि चट्याङ लागेर त्रिवेणी गाउँपालिका-४ मा १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको छ।

हिजै, १९ चैत साँझ चट्याङ लागेर अन्य आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए।

चट्याङ लागेर २० वर्षीया श्रीमती अनिता विक गम्भीर घाइते भएकी छिन्।

घाइते अन्यमा ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का छन्।

५० वर्षीया धनमाया खड्का, ४ वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का पनि घाइते भएका छन्।

उनीहरूको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्