कुवेतमा एकजना नेपालीमा कोभिड-१९ देखियो

काठमाडौं। कुवेतमा रहेका एकजना नेपालीमा कोभिड-१९ देखिएको छ।

कुवेतस्थित नेपाली दूतावासले हिजो, १९ चैतमा विज्ञप्ति निकाल्दै सो जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा फेला परेका २८ जना नयाँ संक्रमितमध्ये एकजना नेपालीलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो।

कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै दूतावासले जनाए अनुसार संक्रमितहरूको कूल संख्या त्यहाँ ३१७ जना पुगेको छ।

दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई कोरोना भाइरस संक्रमणबाट बच्न सावधानी र सतर्क रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्