काठमाडौं। विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका सम्पुर्ण खेल अर्को सूचना जारी नभएसम्मका स्थगित गरेको छ ।
त्यस्तै जुनमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय खेल तथा युरो २०२० का प्लेअफ खेलहरू पनि स्थगित भएका छन्। युरो २०२० यसअघि नै २०२१ सम्मका लागि स्थगित गरिसकेको छ। त्यस्तै महिला युरो २०२१ का छनोट खेलहरू पनि स्थगित भएका छन्।
बुधबार युरोपेली फुटबल महासंघका ५५ वटै सदस्य राष्ट्रले भिडियो कन्फेरेन्समार्फत बैठक बसेका थिए। युरो २०२० प्लेअफमा नर्दन आयरल्यान्ड, स्कटल्यान्ड र रिपब्लिक अफ आयरल्यान्डले प्रतिस्पर्धा गर्दै थिए। अहिले युरोपका सबै ठुला लिगहरू स्थगित छन्।
युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्सान्डर सेफेरिसनले जुन अन्तिमसम्म पनि लिगहरू सुचारू गर्न नसकिए जारी सिजन यत्तिकै खेर जान सक्ने बताएका थिए। तथापी उनले सिजन सुचारू गर्नका लागि विभिन्न विकल्पहरूमा छलफल भइरहेको बताएका छन्।