सरकारले बनायो राहत वितरणको मापदण्ड

काठमाडौं। सरकारले लकडाउनको समयमा वितरण गरिने राहतको मापदण्ड तयार पारेको छ।

दैनिक उपभोग्य बस्तुमा सबैले एकै प्रकारको राहत पाउन् भन्‍ने लक्ष्यसहित सरकारले मापदण्ड बनाएको हो।

लकडाउनका बेला सरकार तथा निजी क्षेत्रले दैनिक ज्यालादरीमा काम गर्ने मजदुरहरूलाई खाद्य सामग्री अभाव नहोस् भनेर राहत वितरण गर्दै छन्। मापदण्ड बनेपछि त्यसका लागि सहज वातावरण तयार हुने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीसहितको टोलीले बुधबार मापदण्ड बनाएको हो।

टोलीमा काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकाका र मध्यपुर ठिमी नगरपालिकाका प्रमुखहरूको पनि उपस्थिति थियो।

जसनुसार अब देशभरका स्थानीय तहले लकडाउनबाट प्रभावितको यकिन संख्या संकलन गर्ने छन्। र, सोही आधारमा सरकार र निजी क्षेत्रले दिने राहत एकै माध्यमबाट वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस्