लकडाउन प्रभाव: झापामा रगत अभाव
झापा। लकडाउनका कारण रक्तादान नहुँदा झापामा रगतको अभाव भएको छ।

रगत अभावका कारण बिरामीमा असर परेपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदान गर्न आव्हान गरेको छ।

रेडक्रसका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान नचलाउने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताए।

अस्पतालको ओपिडी सेवा बन्द भए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ ।

विर्तामोड ब्लडबैंकबाट बीएण्डसी अस्पताल, विर्तासिटी अस्पताल, कनकाई अस्पताल, कंचनजंघा अस्पताल, सञ्जीवनी अस्पताल, मनमोहन सामुदायिकलगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ।

विर्तामोड ब्लडबैंकमा १२ पिन्ट मात्र रगत मौज्दात छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्