आजदेखि सुर्खेतमा पनि कोरोना भाइरसको परीक्षण
सुर्खेत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ। वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खडकाले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी यहाँबाटै परीक्षण गरिने बताए। “मेसिन जडान, प्रयोगशाला स्थापनालगायतका सबै तयारी पूरा गरिसकेका छौं, आजदेखि थ्रोट स्वाबको परीक्षण शुरु हुँदैछ”,उनले भने , “प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको छ।”

स्वास्थ्य तथा जनसंख्उा मन्त्रालयले कर्णालीका लागि कोभिड–१९ को परीक्षण गर्ने आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा. रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ।

विशेषज्ञ डा. श्रेष्ठले एक दिनमा १० जना  जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमूनाको नतिजा बाहिर आउने जानकारी दिए। यसका लागि स्वास्थ्य मन्त्रालयले कर्णालीमा एक हजार किट पठाइसकेको छ।

यसअघि कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। सुर्खेतमै कोरोनाको परीक्षण हुने भएपछि रिर्पोट छिटो आउने अपेक्षा गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्