ठेला चलाएरै दिल्लीबाट मधुवनी
नयाँदिल्ली। भारतको नयाँदिल्लीमा ठेला चलाउने एक मजदुर १० दिनमा एक हजार दुई सय किलोमिटरको यात्रा तय गर्दै बिहार राज्यस्थित घर पुगेका छन्।
३८ वर्षका समिरुल नामका उनी नयाँदिल्लीबाट साइकलको चक्का जडित तीनपांग्रे ठेलामा बिहार मधुवनी जिल्लाको हरलाखी प्रखण्डस्थित सोठगाउँ आइपुगेका हुन्।
उनी १८ वर्षदेखि दिल्लीको आजाद मार्केटमा मजदुरी गर्दै आएका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन २२ मार्चमा जनता कर्फ्यु घोषणा भएपछि उनको ठेलाको कुनै अर्थ रहेन। त्यसैले अन्य मजदुर साथीहरूसँग उनी घरतिर त्यही ठेला लिएर हिँडे।
‘कुनै कमाइ भइरहेको थिएन, खाना र चियाको पसल पनि बन्द भइसकेका थिए, त्यसैले घरतिर हिँडें,’ उनले भने। बाटोमा वितरण भइरहेको केरा, पुरी, पानीबाटै भेट गर्दै र तिर्खा मेट्दै घर पुगेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्