काठमाडौं। कोभिड–१९ को प्रभावको कारण कृषि र वन क्षेत्रमा करीब दुई अर्ब २० करोड बराबरको क्षति हुने अर्थमन्त्रालयको आकलन छ। नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ। यसबेला कृषकहरू गहुँ, तोरी, जौ लगायतका बाली भित्र्याउने र धान र मकै रोप्ने काममा व्यस्त हुनुपर्ने समय हो।
कोभिड–१९ को सन्त्रासमा पुरै देश लकडाउन हुँदा कृषक भने खेती थन्क्याउने चटारोमा छन्। यतिबेला तराई र पहाडका कृषकलाई तोरी, जौं र गहुँ थन्क्याउने र चैते धान रोप्ने भ्याईनभ्याई छ।
निजगढ, हनुमानस्थानकी बिन्दा प्रसाईले खेतमा लगाएको मकै दोहोर्याएर गोड्ने काम भर्खरै सकेकी छन्। तर, उनले लगाएको तरकारीले भने बजार पाएको छैन्। “टमाटर, भिन्डी र बन्दा बजार लैजान नपाउँदा बारीमा कुहिने अवस्था भयो। अरू काम त भ्याएका थियौं। तरकारी बेच्न नपाउँदा खेर जाने भयो”, प्रसाईले भनिन्।
उदयपुर गाईघाटका किसानले भने गहुँ भित्र्याएर मकै रोपिसकेका छन्। “अहिले मकै गोड्ने बेला हो। त्यति ढिलो नभइसकेको हुनाले कृषकहरु हतारिएका छैनन्। सबैमा कोरोना संक्रमणको त्रास छ। मानिसहरू प्रायःजसो घरमै बसेका छन्”, स्थानीय कृषक अजन्ता पौडेलले भनिन्।
कोरोना भाइरस संक्रमणको त्रासका कारण कृषकहरू बाली भित्र्याउने काममा पनि परिवारभित्रको सदस्य मात्रै खटिने गरेका छन्। मेलापर्म भने प्रतिबन्ध जस्तै भएको छ। सरकारले घरबाहिर ननिस्कनु भने पनि कृषकहरू भने एक्लाएक्लै खेतीबाली भित्र्याउन जुटेका छन्।
रसुवाकी सुमित्रा आचार्यलाई हिजोआज खेतमा लगाइएको जौं भित्र्याउने र मकै रोप्ने कामको चटारो छ। तर, त्यसका लागि उनले कसैको सहयोग माग्न सकेकी छैनन्। “अहिले मेलापर्म त रोकेको जस्तै भएको छ। सबैले आ आफ्नो खेत बारीमा मात्रै काम गर्छौं। कोरोनाबाट बच्नको लागि गाउँलेहरू भेला हुनै छाडेका छन्”, उनले भनिन्, “अहिले गहुँ भित्र्याउन ढिलो गरे खेतमा मकै रोप्न ढिलो हुन्छ। धान रोप्ने बेलासम्म पनि मकै पाक्दैन।”
“चैतमा रोप्नुपर्ने धान जेठमा रोपेर हुँदैन। पाकेको गहुँ खेतमा छाड्ने कुरा पनि आउँदैन्। आफ्नो स्वास्थ्य सुरक्षाको उपाय अपनाएर कृषकहरूले आफ्नो काम जारी राख्नुभएकै छ”, कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता डा. हरिबहादुर केसीले भने।
रोग संक्रमणको डर भएकाले एक्लाएक्लै खेत बारीमा काम गर्ने गरिएको आचार्यले बताइन्।
यता भक्तपुरका किसानले भने पर्याप्त पानी नपर्दा मकै रोप्न पाएका छैनन्। सूर्यविनायक नगरपालिकामा पर्ने छालिङका कृषक सन्तोष थापाले मकै रोप्नका लागि बारी तयारी अवस्थामा राखेका छन्, तर बारीमा पर्याप्त चिसो नहुँदा मकै रोपेका छैनन्। “मकै रोप्नको लागि चाहिने पर्याप्त चिसोपना बारीमा छैन। अहिले धमाधम मकै रोप्नु पर्ने बेला हो। पर्याप्त पानी नपरेकाले रोप्न पाएनौ”, थापाले भने। अन्यत्रका कृषक घर बाहिर निस्किएर काम गरिरहेका भए पनि छालिङमा भने निरन्तर प्रहरीको गस्ति हुने गरेकाले मानिसहरू आफ्नो आगनको डिल काटेर बाहिर निस्किएका छैनन्।
उता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकी कृषक भगवती भण्डारी अहिले खेतमा लगाएको तोरी भित्र्याउने चटारोमा छिन्। उनीहरू खेतमा तोरी हटाएर मकै रोप्छन्। साउनमा मकै भित्र्याएर धान रोप्छन्।अहिले समयमै मकै नरोपे धान रोप्ने बेलासम्मको चक्र नै बिग्रिन्छ।
उनीहरू पनि खेतबारीमा काम गर्नका लागि परिवारका सदस्य मात्रै खटिन्छन्। भण्डारीले बारीमा मकै रोप्ने काम आधाजसो सकेकी छन भने तोरी भित्र्याउने काम लगभग सकिएको छ। “खेतबाट तोरी ल्याइसकेका छौं। गहुँ केही दिनमा भित्र्याईसक्छौं र मकै रोप्छौं”, उनले भनिन्, “सबैतिर रोगको डर छ। तर पनि गर्नुपर्ने काम त गर्न परिहाल्यो। धेरै मान्छे भेला नभई काम गर्ने गरेका छौं।”
स्वास्थ्यको ख्याल गरेर खेती लगाउनूः कृषि मन्त्रालय
खेती बाली लगाउन र पाकेको बाली थन्क्याउने काम नरोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषकलाई अनुरोध गरेको छ। “कृषकलाई खेती लगाउने र पाकेको बाली भित्र्याउने काम नरोक्नु भनेका छौं। सबैभन्दा महत्वपूर्ण कुरा कृषकको स्वास्थ्य हो। उहाँहरूले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर नियमित काम जारी राख्न सक्नुहुन्छ”, कृषि मन्त्रालयको प्रवक्ता डा. हरिबहादुर केसीले भने।
स्थानीय तहलाई पनि सम्बन्धीत ठाउँको जोखिम विश्लेषण गरेर कृषकको नियमित कामलाई सहजिकरण गरिदिन मन्त्रालयले अनुरोध गरेको उनले बताए। “चैतमा रोप्नुपर्ने धान जेठमा रोपेर हुँदैन। पाकेको गहुँ खेतमा छाड्ने कुरा पनि आउँदैन्। आफ्नो स्वास्थ्य सुरक्षाको उपाय अपनाएर कृषकहरूले आफ्नो काम जारी राख्नुभएकै छ”, केसीले भने।
" /> काठमाडौं। कोभिड–१९ को प्रभावको कारण कृषि र वन क्षेत्रमा करीब दुई अर्ब २० करोड बराबरको क्षति हुने अर्थमन्त्रालयको आकलन छ। नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ। यसबेला कृषकहरू गहुँ, तोरी, जौ लगायतका बाली भित्र्याउने र धान र मकै रोप्ने काममा व्यस्त हुनुपर्ने समय हो।कोभिड–१९ को सन्त्रासमा पुरै देश लकडाउन हुँदा कृषक भने खेती थन्क्याउने चटारोमा छन्। यतिबेला तराई र पहाडका कृषकलाई तोरी, जौं र गहुँ थन्क्याउने र चैते धान रोप्ने भ्याईनभ्याई छ।

">