कोभिड-१९ का कारण एचआईभी वैज्ञानिकको निधन

प्रिटोरिया। विश्‍वव्यापी महामारी कोभिड-१९ का कारण दक्षिण अफ्रिकाकी विश्‍वप्रसिद्ध एचआईभी वैज्ञानिक प्राध्यापक गीता रामजीको निधन भएको छ।

‘उनले एचआईभीबाट रोकथामका उपायहरूको खोजीमा आफ्नो जीवनका धेरै वर्ष खर्चेकी थिइन्,’ उनकी साथी तथा सहकर्मी गेभिन चर्चयार्डले भनिन्।

यूएनएड्सकी प्रमुख विन्‍नी बाइनाइमाले संसारलाई अत्यावश्‍यक परेका बेलामा प्राध्यापक रामजीलाई कोरोना भाइरसको संक्रमणले उनलाई खोसेको बताइन्। दक्षिण अफ्रिकामा संसारकै सबैभन्‍दा बढी एचआईभी संक्रमित छन्।

समुद्री तटीय शहर डर्बानस्थित अस्पताल भर्ना गरिएकी उनलाई बचाउन नसकिएको चिकित्सकहरूले घोषणा गरेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्