चितवन। सम्भावित कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न पीसीआर प्रयोगशालाको मागसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक टोली स्थलगत अध्ययनका लागि भरतपुर आएको छ। जिल्लाका सरोकारवालाले तत्काल सो प्रयोगशाला भरतपुरमा स्थापनाका लागि अनुरोध गरेका थिए।
सो भाइरसको परीक्षण गर्न प्रयोगशाला यहाँ नहुँदा नमूना संकलन गरी काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ। नेपाल स्वास्थ्य व्यावसायिक परिषद्का रजिष्टार पुष्पराज खनाल, प्रा. डा. गिरिराज त्रिपाठी, विमलेश झा र सुलभ आचार्यसहितको टोलीले आज बिहान भरतपुर महानगरपालिकामा छलफल गरेको थियो।
जिल्लामा हाल भइरहेका उच्चस्तरका चारवटा प्रयोगशालालाई तत्काल स्तरोन्नति गर्ने वा भरतपुर अस्पतालमा नयाँ प्रयोगशाला स्थापना गर्ने भन्ने विषयमा छलफल भएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन्। उनले सकेसम्म दीर्घकालीनरूपमा काम हुने गरी भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्न आफूले अनुरोध गरेको तर, मन्त्रालयको प्राविधिक टोलीले तत्कालका लागि भइरहेका प्रयोगशालामध्ये एउटाको स्तरोन्नति गर्ने र पछि भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्दा राम्रो हुने सुझाव दिएको जानकारी दिइन्।
टोलीले राष्ट्रिय पंक्षी अन्वेषण प्रयोगशाला, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरभित्रका दुईवटा प्रयोगशालाको निरीक्षण गरेकाे छ। चारवटै प्रयोगशाला अध्ययनपछि छलफल गरेर काम अघि बढाइने प्रमुख दाहालले जानकारी दिइन्।
" /> चितवन। सम्भावित कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न पीसीआर प्रयोगशालाको मागसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक टोली स्थलगत अध्ययनका लागि भरतपुर आएको छ। जिल्लाका सरोकारवालाले तत्काल सो प्रयोगशाला भरतपुरमा स्थापनाका लागि अनुरोध गरेका थिए।सो भाइरसको परीक्षण गर्न प्रयोगशाला यहाँ नहुँदा नमूना संकलन गरी काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ। नेपाल स्वास्थ्य व्यावसायिक परिषद्का रजिष्टार पुष्पराज खनाल, प्रा. डा. गिरिराज त्रिपाठी, विमलेश झा र सुलभ आचार्यसहितको टोलीले आज बिहान भरतपुर महानगरपालिकामा छलफल गरेको थियो।

">