उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै
<p>काठमाडाैं। कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ।</p>
<p>अहिले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने उपप्रधान तथा रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।</p>
<p>उनका अनुसार बैठकमा कोभिड-१९ रोकथामका लागि भइरहेका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने सजगतालगायतका बारेमा छलफल हुनेछ।</p>
<p>त्यस्तै लकडाउनपछिको अवस्था र अहिलेको पछिल्लो अवस्था, आवश्यक स्वास्थ्य सामग्री, दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिलगायतका विभिन्न विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्