कोरोना नियन्त्रण तथा उपचार कोषमा दूरसञ्चार प्राधिकरणको १५ करोड सहयोग
<p>काठमाडौं। नेपाल सरकराले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल दूरसञ्‍चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।</p>
<p>१९ चैतमा बसेको प्राधिरकण सञ्‍चालक समितिको बैठकले १५ करोड रूपैयाँ उक्त उपचार कोषमा सहयोग गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।</p>
<p>नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि ५० करोडको कोष स्थापना गरेको छ। जसमा सबै क्षेत्रबाट सहयोग गर्न सरकारले आह्वान गरेको छ। </p>
प्रतिक्रिया दिनुहोस्