काठमाडौ। सरकारले कोरोना भाइरस फैलन नदिन देश लकडाउन गरेको छ।
यसको प्रत्यक्ष मारमा गाईपालक किसान परेका छन्।
पहिलो चरणको लकडाउनका समयमा गाईका लागि आवश्यक दाना, भुस, पराललगायतको मुस्किलले जोहो गरेका गाईपालक किसान लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन्।
लकडाउन थपिएसँगै दाना, भुस, पराललगायत आपूर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन्।
काठमाडाैं उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाइन छाडेको छ। अहिले गाईपालक किसानलाई गाई कसरी बचाउने र उत्पादित दूतको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ।
आहारको कमीले गाईको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको गाईपालक किसान बताउँछन्। नीलबाराही मिश्रित कृषक समूहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारी र अर्का गाईपालक किसान प्रदीप श्रेष्ठ गाईलाई खुवाउने आहारको अभाव भएकाले आफूहरू गाई फुकाएर छोड्न बाध्य हुने अवस्थामा पुगेको बताए।
भण्डारीको गाई फार्ममा अहिले २० वटा गाई छन्। दाना अभावमा गाईको आहाराको मात्रा घटाउँदा दूध उत्पादनमा पनि कमी आएको छ। त्यही दूधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपर्दा भण्डारी चिन्तित छन्।
नीलवाराही मिश्रित कृषक समूहमा ८० जना व्यावसायिक गाईपालक कृषक आवद्ध छन्। उनीहरूको फार्ममा झण्डै तीन हजार गाई छन्।
यो समूहमा आवद्ध भएका गाईपालकहरूले मात्रै दैनिक १६ हजार लिटर दूध उत्पादन गर्दै आएका थिए। अहिले दाना र आवश्यक भुसको अभावमा उत्पादन घटेर चार हजार लिटरमा झरेको छ।
“लकडाउन लम्बियो भने धेरै प्रतिशत मान्छेहरू यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ”, भण्डारी भन्छन्, “बैंकको ऋणले डुब्ने स्थिति छ। घर घडेरी, जग्गा जाने स्थिति छ। व्यवसाय नै चौपट हुन्छ। सरकारले बेलैमा ध्यान देओस्।”
अर्का किसान रविन शर्मा लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरे पनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे। उनी गाईलाई खुवाउने दाना र उत्पादित दूध व्यवस्थापनको प्रबन्ध मिलाइदिए सरकारसग अरू आशा र अपेक्षा नरहेको बताए।
काठमाडांै उपत्यकामा झण्डै पाँच लाख गाई रहेको अनुमान गरिन्छ। गाईपालक किसानहरूले गाईलाई आवश्यक पर्ने दाना, भुस र परालको सहज आपूर्तिको समयमै व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै उत्पादितको दूध व्यवस्थापनको प्रबन्ध मिलाई गाईपालक किसानका लागि पनि सरकारले राहत प्याकेज घोषणा गर्न उनीहरूले माग गरेका छन्।
" /> काठमाडौ। सरकारले कोरोना भाइरस फैलन नदिन देश लकडाउन गरेको छ।यसको प्रत्यक्ष मारमा गाईपालक किसान परेका छन्।

">