कोरोना भाइरससँग लड्न आयल निगमद्बारा ५० करोड रुपैयाँ सहयोग
<p style="text-align:justify">काठमाडौ। नेपाल आयल निगमले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ५० करोड रुपैयाँ सहयोग गरेको छ।</p>
<p style="text-align:justify">निगमले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा रकम सहयोग गरेको हो।</p>
<p style="text-align:justify">निगमका प्रबक्ता बिनितमणि उपाध्यायले सञ्चालक समितिको निर्णयअनुसार आज ५० करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाइएको जानकारी दिए।<br />
</p>