नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
काठमाडौं। नेपालमा थप  एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस व्रिफिङमा कोरोना भाइरस संक्रमणका एक जना नयाँ बिरामी फेला परेको जानकारी दिइएको हो।
यसअघि उक्त जहाजमा आएका दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ती व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
“अहिले यी व्यक्तिको विस्तृत जानकारी आइसकेको छैन”, उनले नियमित पत्रकार सम्मेलनमा भने, “हाम्रो टोलीले यी संक्रमित व्यक्तिसँगको कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको छ।”
यसअघि कोरोना भाइरसको संक्रमण देखिएका पहिलो व्यक्ति भने निको भएर घर फर्किसकेका छन्। बाँकी चार जनाको उपचार चलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्