काठमाडौं। नेपाली व्यवासायीहरूले खरिद गरेको मेडिकल सामाग्री लिनको लागि नेपाल एअरलाइन्सको जहाज चीनको गोन्जाओ पुगेको छ।
उक्त जहाज आज विहान ११ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।
कुरिअर कम्पनी फ्ल्यास फ्रेट लजिस्टिकले नेपाल एअरलाइन्सको कल साइन नाइन–एनए एलवाई जहाज चार्टर्ड गरेर गोन्जाओ पठाएको हो।
“नेपाली व्यवसायीहरू र केही अस्पतालहरूले खरीद गरेको मेडिकल सामाग्री लिनको लागि जहाज चार्टर्ड गरेर पठाएका हौ”, फ्ल्यास फ्रेट लजिस्टिकका प्रबन्ध निर्देशक अरुणा सिग्देलले देखापढीसँग भनिन्।
उक्त जहाजले आजै करीब २० टन मेडिकल लगायतका सामग्री लिएर काठमाडौं आइपुग्ने उनले जानकारी दिइन्।
फ्ल्यास फ्रेट लजिस्टिकले प्रतिकिलो ८ अमेरिकी डलर भाडा लिएर सामग्री नेपाल ल्याउन लागेको हो। “धेरैजसो व्यापारिक प्रयोजनका लागि नै ल्याउन लागिएको सामानहरू छन्। केहीचाहिँ अस्पतालहरूले खरिद गरेको सामाग्री छन्”, सिग्देलले बताइन्।
नेपाल एअरलाइन्सले भने चार्टर्ड जहाजको भाडा प्रति उडान घन्टा १८ हजार एक सय अमेरिकी डलरका हिसाबले लिन्छ।
कोभिड–१९ को उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा उपकरण लगायत प्रयोगशालाका सामाग्रीहरू नेपाली बजारमा नहुँदा उपचार नै प्रभावित भइरहेको छ। तर, व्यवसायीहरू भने नेपाल ल्याउने अवस्था नभएको कारण खरिद गरेर राखेको सामग्री पनि ल्याउन नसकिएको बताउँछन्।
१५ चैतमा नेपाल सरकारले नै जहाज पठाएर केही मेडिकल सामाग्री ल्याएको थियो। तर, सरकारको उक्त खरिद प्रक्रिया विवादमा परेको छ।
उक्त जहाजमा पीपीई, मेडिकल प्रयोगशालाका सामग्री, थर्मल गन, सर्जिकल र सामान्य पञ्जा, थर्मो स्क्यानर लगायतको सामाग्री चीनबाट ल्याउन लागिएको छ।
पढ्नुहाेस्
चीनबाट मेडिकल सामग्री ल्याउन निजी क्षेत्रबाट जहाज चार्टर्ड
" /> काठमाडौं। नेपाली व्यवासायीहरूले खरिद गरेको मेडिकल सामाग्री लिनको लागि नेपाल एअरलाइन्सको जहाज चीनको गोन्जाओ पुगेको छ।उक्त जहाज आज विहान ११ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।

">