सातै प्रदेशमा बनाइएकाे काेभिड-१९ रोकथाम काेषमा कुमारी बैंककाे १० लाख <p>काठमाडौ। कुमारी बैंकले प्रत्येक प्रदेशले बनाएकाे कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचार काेषमा सहयाेग गरेकाे छ।</p> <p>सातवटै प्रदेशमा खडा गरिएकाे काेषमा बैंकले १० लाख रूपैयाँका दरले कूल ७० लाख रूपैयाँ सहयोग गरेको हाे।</p> <p>संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाख रूपैयाँका दरले रकम जम्मा गरेको जानकारी दिएको छ।</p> <p>उक्त रकम कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरूलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति उपलब्ध गराएको बैंककाे भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्