काठमाडौं। कोभिड–१९ फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण काठमाडौंसहित देशका विभिन्न जिल्लामा अलपत्र परेका जाजरकोटका मजदुरले राहत पाउन थालेका छन्।

जाजरकोटबाट ज्याला, मजदुरीका लागि काठमाडौं, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, भक्तपुर, तनहुँ, लमजुङ, पर्सा लगायतका जिल्ला पुगेका उनीहरू अलपत्र परेका थिए।

मजदुरी गरेर कमाएको पैसा समेत सकिएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनीहरूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं जाजरकोट सहईञ्चार्ज निरज आचार्यलाई सम्पर्क परेका थिए।

आचार्यले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सम्बन्धित जिल्लाका नेकपा नेता, स्थानीय तहका जनप्रतिनिधि, प्रशासनसँग समन्वय गरेपछि अलपत्र मजदुरले राहत पाउन थालेका हुन्।

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा रहेका जाजरकोट नलगाड नगरपालिका, डाँडागाउँका ओमप्रकाश गौतमको २१ जनाको समूह छ। उनीहरूलाई वडाले राहतको व्यवस्था गरेको छ।

यसैगरी, काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ मा जाजरकोटको भेरी नगरपालिका, भुरका  गौरीबहादुर केसीको १३ जनाको समूह छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पासको व्यवस्था गरेर घर पठाउने प्रयास असफल भएको छ।

नगरपालिकाका मेयर टोकबहादुर वाइवाले प्रशासनले पास नदिएपछि लकडाउन अवधिभरका लागि नगरपालिकाले उनीहरूका लागि खाना र बस्नको व्यवस्था गर्ने बताएका छन्।

वनमन्त्री बस्नेतका स्वकीय सचिव मुस्कान रोकायले स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको समन्वय उनीहरूलाई व्यवस्थापन गरिएको बताए।

यसैगरी, तनहुँको भानु नगरपालिकामा रहेका नलगाड नगरपालिकाका धनबहादुर चदारा लगायत २० जनाको समूहलाई नेकपाका स्थानीय नेता विष्णुभक्त सिग्देलसँगको समन्वयमा खान, बस्नको व्यवस्था गरिएको नेकपा केन्द्रीय सदस्य आचार्यले बताए।

यसैगरी, लम्जुङको वेशीशहर नगरपालिका–२ गैरीमा नलगाड नगरपालिकाको लहँका गणेशबहादुर रावलसहित ३० जना मजदुर छन्। उनीहरूले केहीदिन अघि वडाले खाद्य सामग्री उपलब्ध गराएपनि सकिएको छ। वेशीशहर नगरपालिकाका मेयर सिंहबहादुर थापाले उनीहरूलाई आजै थप खाद्य सामग्री उपलब्ध गराइने बताए।

काभ्रेको चौरी देउराली गाउँपालिका–४ मजुवामा जाजरकोटको भेरी नगरपालिका–५ का डम्बर चन्दसहित ८ जना मजदुर छन्। उनीहरू पुल बनाउने कामको लागि पुगेका हुन्। नेकपाका स्थानीय नेता लेखराज गौतमसँगको समन्वयमा उनीहरूलाई खान, बस्न र बिरामी हुँदा आवश्यक औषधि–उपचारको समेत व्यवस्था गरिएको छ।

काभ्रेकै रोशी गाउँपालिकामा भेरी नगरपालिका–७ का मदन शाहीको नौ जनाको समूह छ। उनीहरूलाई राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अमित लामाको समन्वयमा आवश्यक व्यवस्थापन गरिएको छ।
पर्साको वीरगञ्जमा भेरी नगरपालिका जतगिपुरका दलबहादुर बिकसहित नौ जनाको समूह छ। उनीहरू पनि अलपत्र परेका थिए। तर, पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतसँगको समन्वयमा लकडाउन अवधिभरीका लागि खान र बस्नको व्यवस्था गरिएको छ।

नेकपा प्रदेश नम्बर २ कमिटीका सदस्य अरविन्द्र सिंहले थप समस्या देखिए उनीहरूलाई क्वारेन्टाइनमा राख्न सकिने बताएका छन्।

भक्तपुरको नयाँ ठिमी कमेरेटारमा भेरी नगरपालिका-११ का ललित विकको १९ जनाको समूह छ। उनीहरू पनि आज वडा कार्यालयमा गएर राहतका लागि निवेदन दिएर आएका छन्।

खानको समस्या समाधान भएपनि बस्न समस्या रहेको ललितले बताए।

“एउटै टेन्टमा चार/पाँच जना गरी सुतिरहेका छौँ, एउटालाई कतैबाट कोरोना सर्‍यो भने बर्बाद हुन्छ”, उनले भने।

बालकुमारीमा बसेका मजदुरको समस्या उस्तै

यसैबीच, काठमाडौं महानगरपालिका–३२ बालकुमारीमा बसेका मजदुरहरूको समस्या भने उस्तै छ।

बालकुमारीमा जाजरकोटको नलगाड नगरपालिकाका तिलक कामीसहित २० जनाको समूह छ। जाजरकोटका नौ र बाँकी दैलेखका मजदुर रहेको तिलकले बताए।

वडाले खाद्यवस्तुको व्यवस्था गर्ने भनेपनि गरेको छैन।

“एक छाक खाने, एक छाक भोकै बस्ने गरिरहेका छौँ। ग्यास सकियो, दाउर पाइँदैन”, देखापढीसँगको टेलिफोन सम्पर्कमा उनले भने, “संस्थाका मान्छेले तीन दिनदेखि बिहान रोटी ल्याएर दिन्छन्, हिजो एक जनाले कही चामल र दाल दिएका थिए। आजसम्मलाई त छ, भोलिदेखि के खाने भन्ने समस्या छ।”

उनीहरू खाली ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन्। टोलवासीलाई त्यहाँबाट उठेर जाउ भनिरहेका तिलकले बताए।

“ठेकेदार पैसा नदिएर वेपत्ता छन्, यहाँ मान्छेले उठेर जाउ भन्छन्”, तिलकले भने, “सबैले गर्छौँ, गर्छौँ भन्छन्, कसैले केही गरेनन्, हामी त घरै जान पाए हुन्थ्यो।”

" /> काठमाडौं। कोभिड–१९ फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण काठमाडौंसहित देशका विभिन्न जिल्लामा अलपत्र परेका जाजरकोटका मजदुरले राहत पाउन थालेका छन्।

"> लकडाउनका कारण अलपत्र जाजरकोटका मजदुरले राहत पाउन थाले: Dekhapadhi
लकडाउनका कारण अलपत्र जाजरकोटका मजदुरले राहत पाउन थाले

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्