काठमाडौं। कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएकी छैटौं संक्रमित महिला बाग्लुङ नगरपालिका-३ गौडाकोटकी रहेको पुष्टि भएको छ।
बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले स्याब परीक्षणका लागि नमूना लगिएको ती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको आफूले जानकारी पाएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आज नियमित पत्रकार सम्मेलनको आयोजना गरेर कतार एअरवेजमै आएको व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको बताएको थियो।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती ६५ वर्षीया महिलामा कोरोना भाइरस पोजिटिभ भेटिएको थियो।
बेल्जियमबाट कतार एअरवेजको क्यूआर ६५२ नम्बरको विमानबाट ४ चैतमा ती महिला काठमाडौं ओर्लिएकी थिइन्।
यसअघि पाँचौ संक्रमित युवती पनि बाग्लुङ नगरपालिका-३ कै बासिन्दा हुन्। यी दुवैजना एकैसाथ बेल्जियमबाट आएका हुन्। उनीहरू काठमाडौं ओर्लिएपछि यति एअरलाइन्सको विमान चढेर पोखरा विमानस्थल ओर्लिएका थिए।
पाँचौ संक्रमित युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि एकैसाथ आएकी ६५ वर्षीया महिलाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो।
नगरप्रमुख पौडेलले ती महिला अहिले घरमै क्वारेन्टाइनमा बसिरहेको बताए। उनका कोरोना भाइरस पोजिटिभ देखिएपछि अब उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ।
कोभिड-१९ संक्रमणको पुष्टि भएकी बाग्लुङ नगरपालिका ३ की १९ वर्षीया युवतीको भने अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
दुवै संक्रमितका परिवार र नजिकको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ।
नेपालमा आजसम्म ११ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ। ६ संक्रमित भेटिएका छन् भने १०५ आइसोलेसनमा छन्।
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएकी छैटौं संक्रमित महिला बाग्लुङ नगरपालिका-३ गौडाकोटकी रहेको पुष्टि भएको छ।बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले स्याब परीक्षणका लागि नमूना लगिएको ती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको आफूले जानकारी पाएको बताए।

">