काेभिड-१९ उपचार काेषमा मेगा बैंकले एक करोड ३५ लाख सहयाेग गर्ने <p>काठमाडाैं। मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल एक करोड ३५ लाख रूपैयाँ दिने भएकाे छ।</p> <p>बैंकले केन्द्रको कोषमा एक करोड र सातवटै प्रदेशले स्थापना गरेको कोषमा पाँच-पाँच लाख सहयाेग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन्।</p> <p>बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्