धनगढीमा कोभिड-१९ को प्रयोगशाला जाँच सेवा शुरू

कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा आजबाट कोभिड-१९ को प्रयोगशाला जाँच सेवा शुरू भएकाे छ।

अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले आज साँझबाट कोभिड-१९ को प्रयोगशाला जाँच शुरू भएको बताए।

उनले एउटा नमूनाको रिपोर्ट आउन करीब डेढ घण्टा लाग्ने बताए।

यसअघि कोभिड-१९ को नमूना संकलन गरी काठमाडौं पठाउने गरिएको थियाे। त्यसको रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेकोमा अब सेती प्रादेशिक अस्पतालबाटै उक्त सेवा लिन सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्