बाँके। नेपाल-भारत सीमानाकाको दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।
नेपालगञ्जको जयसपुर नजिकको दशगजा क्षेत्रमै अस्थायी क्वारेन्टाइन बनाएर राखिएको हो।
सो अस्थायी क्वारेन्टाइन नेपाली सेनाले तयार पारेको हो। घर फर्कने आशामा आएका नेपालीहरू तीनदिनदेखि दशगजा क्षेत्रमा अलपत्र परेका थिए।
पटक–पटक आफूहरूलाई नेपाल छिर्न दिनुपर्ने माग राखे पनि उनीहरू नेपाल प्रवेश गर्न पाएका थिएनन्। उनीहरूले भारतको क्वारेन्टाइनमा नजाने अडान राखेपछि दशगजा क्षेत्रमै अस्थायी क्वारेन्टाइन निर्माण गरिएको हो।
करीब १४ दिनसम्म अस्थायी क्वारेन्टाइनमा राखिने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। “सामान्य अवधि १४ दिन हो, दैनिक स्वास्थ्य परीक्षण हुन्छ”, उनले भने, “कोरोना भाइरसको संक्रमण देखिए उपचारका लागि लैजाने व्यवस्था गरिएको छ।”
" /> बाँके। नेपाल-भारत सीमानाकाको दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।नेपालगञ्जको जयसपुर नजिकको दशगजा क्षेत्रमै अस्थायी क्वारेन्टाइन बनाएर राखिएको हो।

">