काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर आन्तरिक श्रमिकबाटै उद्योग धन्दा चल्न दिने निर्णय गरेको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आवश्यक वस्तु औषधि, खाद्य सामग्री, इन्धनको आपूर्ति असहज नहोस् भनेर ती उद्योग सञ्चालनमा सहज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।
उनले मुलुकभित्र खाद्य उत्पादन र अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको बताए। केही ठूला आयोजनाहरूमा पनि त्यही भित्र रहेका कामदारलाई सुरक्षाका सबै उपाय अपनाएर आयोजनाको कामलाई निरन्तरता दिने समितिले निर्णय गरेको छ।
त्यस्तै, अहिले खेतिपातीको समेत समय भएकोले बाहिरी श्रमिक सहभागी नगराएर परिवारिक रूपमा सहभागी भएर खेति लगाउन र ओर्सान दिने पनि समितिले निर्णय गरेको छ।
सीमामा रहेका नागरिकलाई यथास्थानमै १४ दिन क्वारेन्टाइनमा राख्ने सहमति भएको छ। उनले भारतका नागरिकलाई नेपालतर्फ र नेपालका नागरिकलाई भारततर्फ नै दुवै देशका अधिकारीहरूले क्वारेन्टाइनमा राख्ने सहमति भएकाले सबैले यो विषयमा गम्भीर भइदिनुपर्ने बताए।
मन्त्री खतिवडाले स्वास्थ्य सामग्री खरिदका विषयमा बाहिर आएकै विषय आधिकारिक नहुने भन्दै त्यसको विधि प्रक्रिया हेर्ने निकायले हेरेपछि थाहा हुने बताए।
उनले अहिले पहिलो कुरा भनेको अति आवश्यक स्वास्थ्य सामग्री आएर उपचारमा सहजता भएको भन्दै सामग्री महंगो भयो कि सस्तो भयो, विधि पुग्यो कि पुगेन भनेर हेर्ने विषय बाँकी नै रहेकाले अहिले नै कुनै टिप्पणी गरिहाल्नु आवश्यक नरहेको बताए।
उनले सरकारबाटै खरिद गर्दा सबैभन्दा सहज हुने भए पनि दुवै देशलाई प्रस्ताव पठाएको तर, दुवै छिमेकी मुलुकमा पनि समस्या भएकाले जीटूजी प्रक्रियाबाट गर्न नसकेर निजी क्षेत्रलाई आग्रह गरेको प्रष्ट पारे। अब जीटूजी प्रक्रियाबाट नै स्वास्थ्य सामग्री खरिद गर्न सकिन्छ कि भन्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिए।
" /> काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर आन्तरिक श्रमिकबाटै उद्योग धन्दा चल्न दिने निर्णय गरेको छ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आवश्यक वस्तु औषधि, खाद्य सामग्री, इन्धनको आपूर्ति असहज नहोस् भनेर ती उद्योग सञ्चालनमा सहज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।

">