धनगढीमै काेभिड-१९ परीक्षण शुरू भएपछिकाे पहिलाे रिपाेर्ट सार्वजनिक
कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमै शुरू भएकाे काेरोना भाइरसको परीक्षणकाे पहिलो रिपोर्टको नतिजा नेगेटिभ आएको छ।

मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले पहिलो परीक्षण रिपोर्ट सार्वजनिक गर्दै नेगेटिभ आएको जानकारी दिए।

उनले सेती प्रादेशिक अस्पतालमा रियल टाइम पीसीआर मेसिनबाट आज साँझबाट परीक्षण शुरू गरिएको बताउँदै क्रमिकरूपमा १/१ जनाको नमूना परीक्षण गर्दै जाने बताए।

उनले परीक्षणको रिपोर्ट एक घण्टामै आउने जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमितकाे आशंकामा २४ जना बिरामी आइसोलेसनमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्