काठमाडौं। नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्रीद्वय खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए।
नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागी ५० करोड रूपैयाँको कोष स्थापना गरेको छ। जसमा सार्वजनिक र निजी क्षेत्रबाट धमाधम सहयोग प्राप्त भइरहेको छ।
सूचना प्रविधि क्षेत्रबाट मात्रै उक्त कोषमा ३७ करोड रूपैयाँ जम्मा भएको छ। यसअघि एनसेलको तर्फबाट १० करोड, नेपाल दूरसञ्चार प्राधिकरणको तर्फबाट १५ करोड रूपैयाँ उक्त कोषमा हस्तान्तरण भइसकेको छ।