समाचार डिलिट प्रकरणमा सिरानटेकले माग्यो माफी, भन्यो- 'गल्ती दोहोरिन दिन्नौं'
काठमाडौं। अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचार डिलिट गरिएको प्रकरणमा काठमाडौंप्रेस डटकमको साइट डेभलपर कम्पनी सिरान टेक्नोलोजिज प्रालिले गल्ती स्वीकार्दै क्षमायाचना गरेको छ।

आज साँझ विज्ञप्तिमार्फत् उसले माफी मागेको हो।

"११ वर्षअघि सिरान टेक्नोलोजीज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्युजपोर्टलहरुको सिएमएस निर्माणदेखि व्यवस्थापन गर्दै आएका छौं। यो ११ वर्षमा हामीले यस्तो प्रकारको समस्या पहिलोपटक भोगेका हौं", टेक्नोलोजिजका अध्यक्ष विश्वास ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, "काठमाडौंप्रेस डटकममा १८ चैतमा 'महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकाशित समाचार १९ चैतमा केही समयका लागि वेवसाइटबाट हटेको अनपेक्षित घट्नाप्रति हामी माफी माग्न चाहन्छौं।"

सिरानले १८ चैतमा काठमाडौं प्रेसले विनासन्दर्भ आफ्नो भगिनी संस्था इसेवालाई समेत जोडेर समाचार प्रकासित गरेको र सो समाचार प्रकासित भएपछि भलिपल्ट, १९ चेतमा अनावश्यक रुपमा इसेवालाई नजोड्न आग्रह गर्दै सम्पादक गोविन्द परियारसँग संवाद गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

संवाद सकारात्मक रहेको भएपनि गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टीमले न्युजपोर्टलबाट उक्त समाचार हटाएको छानविनका क्रममा पाइएको सिरानले दाबी गरेको छ।

"देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टीम अहिले वर्क फर्म होमबाट काम गरिरहेको छ। अहिलेको यो विषम परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रादन हुँदा गम्भीर त्रुटी हुन गएको हामीले पायौं", उसले विज्ञप्तिमा भनेको छ, "काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले सिस्टमबाट समाचार हटेको जानकारी सिरान टेक्नोलोजिजको व्यवस्थापनलाई दिनासाथ हामीले फेरी प्राविधिक टीमलाई भनेर त्यो समाचार जस्ताको तस्तै उही रुपमा प्रकासित हुने वातावरण समेत तयार गरेका थियौं।"

"एउटा जिम्मेवार कम्पनीका रुपमा हाम्रो त्रुटीलाई स्वीकार गर्दै हामी काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत,  हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौं", विज्ञप्तिमा उल्लेख छ, "यस्ता किसिमका त्रुटी दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधार लगायतका संयन्त्र निर्माण गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्दछौं।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्