इटहरी। इटहरीमा भएको सर्वपक्षीय बैठकले कोभिड-१९ को रोकथाम, उपचार र राहत कोषमा सबैसँग सहयोगको आव्हान गरेको छ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा हिजो, २० चैतमा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवै सँग आग्रह गरेको हो।
उपमहानगरपालिकाले ८० लाख जम्मा गरेर कोषको शुरूआत गरेको छ।
वडास्तरमा पनि सर्वदलीय सर्वपक्षीय वैठक बसेर न्यून आय भएकालाई राहत वितरण गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ।
बैठकमा प्रदेश सांसद लिलम वस्नेत, उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, नेकपा इटहरीका नेताहरु राजकुमार गिरी, सागर सुवेदी वहादुरसिं तामाङ,नेपाली कांग्रेसका सभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललगायतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गर्नुपर्ने कामको बारे सुझाव राखे।
वैठकमा श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फवाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गरे।
नेपाली काँग्रेस इटहरीको तर्फवाट पाँचहजार केजी चामल राहत वितरणका लागि हस्तान्तरण गरियो।
" /> इटहरी। इटहरीमा भएको सर्वपक्षीय बैठकले कोभिड-१९ को रोकथाम, उपचार र राहत कोषमा सबैसँग सहयोगको आव्हान गरेको छ।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा हिजो, २० चैतमा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवै सँग आग्रह गरेको हो।

">