विभागको आदेशमा आपत्ति जनाउँदै स्वास्थ्य मन्त्रालयको निर्देशन-'कुनै कर्मचारीलाई बिदा र काजमा नछाड्नू'
<p>काठमाडौं। दुई विशेष परिस्थतिमा स्वास्थ्यकर्मी नखटाउन स्वास्थ्य सेवा विभागले गरेको परिपत्रमा आपत्ति जनाउँदै स्वास्थ्य मन्त्रालयले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोड्न निर्देशन जारी गरेको छ।</p>
<p>विभागले १५ चैतमा मधुमेह, उच्च रक्तचाप, दम, श्‍वासप्रश्‍वासमा समस्या भएका, सुत्केरी तथा गर्भवती कर्मचारीलाईहरूलाई कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीहरूको प्रत्यक्ष उपचार र व्यवस्थापनको काममा नखटाउन भनेको थियो।</p>
<p>तर, स्वास्थ्य मन्त्रालयले हिजो, २० चैतमा सूचनामार्फत् विभागले गरेको परिपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।</p>
<p>'उक्त परिपत्रमा जे सुकै लेखिएको भएता पनि आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरूलाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीहरूलाई बिदा र काजमा नछोडी नियमित रूपमा उपस्थिति हुने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ', मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाद्वारा हस्ताक्षरीत सूचनामा भनिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्