डेढ लाख डलरका अत्यावश्यक सामग्री पठाउँदै एनआरएनए कोरिया

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सामग्री नेपाल पठाउने भएको छ।

ती सामग्री २३ चैतमा काठमाडौं आइपुग्‍ने संस्थाले जनाएको छ। नेपाल पठाइन लागेका आठ प्रकारका सामग्रीको मूल्य करिब एक लाख ५० हजार अमेरिकी डलर छ।

नेपाल आउँदै गरेका सामानमा गाउन पीपीई सेट दुई हजार, एन-९५ मास्क १० हजार र सर्जिकल मास्क २० हजार गोटा छन्।

यस्तै, गगल्स दुई हजार, प्रोटेक्टिङ भाइजर दुई हजार, पञ्‍जा १० हजार, आईआर थर्मोमिटर पाँच सय र कोरोना परीक्षण किट चार हजार थान पठाइँदै गरेको संस्थाले जनाएको छ।

तीमध्ये कोरोना परीक्षण किट कोरियन एयरलाइन्सको उडानबाट सीधा काठमाडौं पठाइने र बाँकी सामग्री चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिने एनआरएनए कोरियाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्